सुशासन, पारदशिता, जवाफदेहिता र दीगाे विकासमा हाम्राे सहभािगता

Responsible Civil Society

Publication

सहकार्य नेपालद्वारा दुधौलिका कृषकलाई कृषि उपकरण बितरण

September 17, 2021


सहकार्य नेपालद्धारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

September 27, 2021


सिन्धुली, १० असोज २०७८

सहकार्य नेपाल सिन्धुलीले आज सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । केयर नेपालको सहयोग गैर सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुलीको समन्वय र सहकार्य नेपालको आयोजनामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाजिक क्षेत्र, राष्ट्रिय गौरवको क्षेत्र भन्ने नाराका साथ मनाईएको ४२ औं सामाजिक सेवा दिवसको अवसरमा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिनुभयो ।

केयर नेपालको आर्थिक सहयोगमा कोभिड १९ को असरलाई केही हद सम्म न्यूनीकरण गर्नका लागि सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद कुमार पोख्रेललाई मास्क, स्यानिटाइजर स्प्रे ट्याङ्की लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

सिन्धुली अस्पताललाई डिस्पोजेबल सर्किजल मास्क १० हजार पिस, ह्याण्ड स्यानिटाइजर ५०० एमएलको ५० पिस, १०० एमएलको ५१ पिस,Disinfection Sprayer 5 ltr liquid 2 set, पल्स अक्सिमिटर १० पिस, फेस शिल्ड २४० पिस, पुनः प्रयोग गर्न मिल्ने गाउन ८६ पिस, सेल्फ आइसोलेसन किट २० पिस, डिस्पोजेवल क्याप २०० पिस, डिस्पोजेवल ग्लोभ्स ६ सय पिस, चस्मा २०० पिस हस्तान्तरण गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले सहकार्य नेपालबाट प्राप्त स्वास्थ्य सामाग्रीले कोभिडको महामारी न्युनिकारण गर्न सहयोग पुग्ने बताउनुभयो । सहकार्य नेपालले विगतमा पनि अस्पताललाई स्वास्थ्य सामाग्री, उपकरण सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले सामाग्री सहयोग गरेकोमा सहकार्य नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा सिन्धुली अस्पतालले गरेको बताउनुभयो ।सवैको साझा प्रयास र सहयोगबाट स्वास्थ्य सामाग्रीको अभाव नहुने र कोरोना भाइरसको सङ्क्रमण न्यूनिकारण गर्न सकिने बताउनुभयो । खोप लगाए पनि नलगाएपनि स्वास्थ्य मापदण्डको पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

सिन्धुलीमाढीमा सिन्धुली कोसेली घरको स्थापना

October 8, 2021


सिन्धुलीमाढीमा सिन्धुली कोसेली घरको स्थापना गरिएको छ । कमलामाई नगरपालिका ६ राममाडीमा कोसेली घरको स्थापना गरिएको हो ।एक औपचारिक कार्यक्रमको आयोजना गरि सो कोसेली घरको जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकरराज बर्मा तिवारीले उद्घाटन गर्नु भएको छ । उद्घाटन पछि तिवारीले कोसेली घरको स्थापनाले विपन्न महिला उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरूको आय स्तरमा बृद्धि हुने बताउनुभयो ।सहकार्य नेपालले वुमन बैंक एफ.सी.ए को आर्थिक सहयोग र महिला उद्यमी महासंघको साझेदारीमा संचालन गरेको महिला रोजगारीका लागि दिगो वित्तीय पहुँच परियोजना र विपन्न समुदायका लागि आर्थिक तथा सामाजिक विकास परियोजनाले प्रवर्द्धन गरेका ८ वटा कृषि तथा उद्यमशील सहकारीका उद्यमी सदस्यहरूले उत्पादन गरेका बस्तु तथा सामाग्रीहरूको बजार सम्बन्ध विकासका लागि सहकारी संस्था कै व्यवस्थापनमा कोसेली घर संचालन गरेको हो ।

कोसेली घरमा पाइने बस्तु तथा सामाग्रीहरु :

अचार : डल्ले खोर्सानी, मुला, आँप, तितेकरेला, मिक्स अचार आदि

वनस्पति जन्य सामाग्रीहरू  : थाकलको झोला, टोपी, म्याट, पिरा, चकटी आदि,

बसजन्य सामाग्रीहरू : मुडा, बास्केट, पेनहोल्डर आदी

ढाका : साडी, कुसुमे रुमाल, हाते ब्याग आदी

विड्स : चुरा पोते, माला आदी

खाद्यान्न : मकैको च्याख्ला, पिठो, कोदो, फापरको पिठो, आदि

 

यूएनडीपीको आर्थिक सहयोगमा सहकार्य नेपाल द्वारा संचालित कोविड-१९

November 21, 2021


दुधौली नगरपालिका तथा यूएनडीपीको आर्थिक सहयोगमा सहकार्य नेपाल द्वारा संचालित कोविड-१९बाट प्रभाबित घर परिवार को आर्थिक तथा सामाजिक पुनर्लाभ परियोजनाअन्तर्गत लाभग्राहीहरुलाई उन्नत जातको मकैको बिऊ बितरण गर्दै दुधौली नगरपालिकाका मेयर श्री घनश्याम राऊत