सहकार्य नेपालद्धारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

सहकार्य नेपालद्धारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान


सिन्धुली, १० असोज २०७८

सहकार्य नेपाल सिन्धुलीले आज सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । केयर नेपालको सहयोग गैर सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुलीको समन्वय र सहकार्य नेपालको आयोजनामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाजिक क्षेत्र, राष्ट्रिय गौरवको क्षेत्र भन्ने नाराका साथ मनाईएको ४२ औं सामाजिक सेवा दिवसको अवसरमा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिनुभयो ।

केयर नेपालको आर्थिक सहयोगमा कोभिड १९ को असरलाई केही हद सम्म न्यूनीकरण गर्नका लागि सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद कुमार पोख्रेललाई मास्क, स्यानिटाइजर स्प्रे ट्याङ्की लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

सिन्धुली अस्पताललाई डिस्पोजेबल सर्किजल मास्क १० हजार पिस, ह्याण्ड स्यानिटाइजर ५०० एमएलको ५० पिस, १०० एमएलको ५१ पिस,Disinfection Sprayer 5 ltr liquid 2 set, पल्स अक्सिमिटर १० पिस, फेस शिल्ड २४० पिस, पुनः प्रयोग गर्न मिल्ने गाउन ८६ पिस, सेल्फ आइसोलेसन किट २० पिस, डिस्पोजेवल क्याप २०० पिस, डिस्पोजेवल ग्लोभ्स ६ सय पिस, चस्मा २०० पिस हस्तान्तरण गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले सहकार्य नेपालबाट प्राप्त स्वास्थ्य सामाग्रीले कोभिडको महामारी न्युनिकारण गर्न सहयोग पुग्ने बताउनुभयो । सहकार्य नेपालले विगतमा पनि अस्पताललाई स्वास्थ्य सामाग्री, उपकरण सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले सामाग्री सहयोग गरेकोमा सहकार्य नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा सिन्धुली अस्पतालले गरेको बताउनुभयो ।सवैको साझा प्रयास र सहयोगबाट स्वास्थ्य सामाग्रीको अभाव नहुने र कोरोना भाइरसको सङ्क्रमण न्यूनिकारण गर्न सकिने बताउनुभयो । खोप लगाए पनि नलगाएपनि स्वास्थ्य मापदण्डको पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।