सिन्धुलीमाढीमा सिन्धुली कोसेली घरको स्थापना

सिन्धुलीमाढीमा सिन्धुली कोसेली घरको स्थापना


सिन्धुलीमाढीमा सिन्धुली कोसेली घरको स्थापना गरिएको छ । कमलामाई नगरपालिका ६ राममाडीमा कोसेली घरको स्थापना गरिएको हो ।एक औपचारिक कार्यक्रमको आयोजना गरि सो कोसेली घरको जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकरराज बर्मा तिवारीले उद्घाटन गर्नु भएको छ । उद्घाटन पछि तिवारीले कोसेली घरको स्थापनाले विपन्न महिला उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरूको आय स्तरमा बृद्धि हुने बताउनुभयो ।सहकार्य नेपालले वुमन बैंक एफ.सी.ए को आर्थिक सहयोग र महिला उद्यमी महासंघको साझेदारीमा संचालन गरेको महिला रोजगारीका लागि दिगो वित्तीय पहुँच परियोजना र विपन्न समुदायका लागि आर्थिक तथा सामाजिक विकास परियोजनाले प्रवर्द्धन गरेका ८ वटा कृषि तथा उद्यमशील सहकारीका उद्यमी सदस्यहरूले उत्पादन गरेका बस्तु तथा सामाग्रीहरूको बजार सम्बन्ध विकासका लागि सहकारी संस्था कै व्यवस्थापनमा कोसेली घर संचालन गरेको हो ।

कोसेली घरमा पाइने बस्तु तथा सामाग्रीहरु :

अचार : डल्ले खोर्सानी, मुला, आँप, तितेकरेला, मिक्स अचार आदि

वनस्पति जन्य सामाग्रीहरू  : थाकलको झोला, टोपी, म्याट, पिरा, चकटी आदि,

बसजन्य सामाग्रीहरू : मुडा, बास्केट, पेनहोल्डर आदी

ढाका : साडी, कुसुमे रुमाल, हाते ब्याग आदी

विड्स : चुरा पोते, माला आदी

खाद्यान्न : मकैको च्याख्ला, पिठो, कोदो, फापरको पिठो, आदि