सम्मान परियाेजनाकाे थप छाेटाे समयकाे लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना
सहकार्य नेपाल, सिन्धुलीमा मातृ तथा शिशु स्वास्थ्य सुदृढिकरण परियोजना (सम्मान)काे थप छाेटाे समयकाे लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७/०६/२० गते)
सहकार्य नेपाल, सिन्धुली २०६१ सालमा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा विधिवत रुपमा स्थापना भएको गैरनाफामुलक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि सिन्धुली जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व, जीविकोपार्जन साथै स्थानीय निकायको सुसाशन, पारदर्शिता, सामाजिक जवाफदेहीताका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदार निकायहरुसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । यस संस्थाले जि.एस् के./केयर नेपालको आर्थिक सहयोगमा सिन्धुली जिल्लामा रहेका २ नगरपालिका र ७ गाउपालिकामा रहेका स्वास्थ्य चौकी र वर्थिङ सेन्टरहरुमा प्रजनन स्वास्थ्य सेवा अन्तरगतका सुरक्षित मातृत्व र नवशिशु स्याहार को गहन विषयमा रहि सहयोग गर्दै आईरहेको छ । यसै सन्दर्भमा, मातृ तथा शिशु स्वास्थ्य सुदृढिकरण परियोजना (सम्मान) को चार महिने अबधिको यसै सम्मान परियाेजनामा No Cost Extension (NSE) कार्यक्रमका लागि तपशिलमा उल्लेखित जनशक्ति आवश्यकता भएको हुँदा निम्नानुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन ।
तपशिलः
१. पदः सामुदायीक स्वास्थ्य सहजकर्ता /अधिकृत (Community Health Facilitator/Officer): २ (दुई) जना ।
– न्यूनतम योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थावाट जन स्वास्थ्य विषयमा स्नातक वा नर्सिङ्ग वा सो सरह उत्तिर्ण भएको । फ्रेस ग्राजूएटहरुलाई पनि आवेदन गर्न प्रोत्साहित गरिन्छ ।
– पारिश्रमिकः परियोजनामा व्यवस्था भएबमोजिम उपलब्ध हुनेछ ।
– परियोजना सञ्चालन हुने क्षेत्रः सिन्धुली जिल्लाको २ नगरपालिका र ७ गाउपालिकामा रहेका स्वास्थ्य चौकी र वर्थिङ सेन्टर ।
– पेश गर्नु पर्ने आवश्यक कागजातः निवेदनका साथ व्यक्तिगत विवरण (वायो–डाटा), शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, नागरिकता प्रमाण–पत्रको प्रतिलिपी, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपी, कार्य अनुभव भए प्रमाण–पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । निवेदन संस्थाको इमेल ठेगानाबाट पनि पठाउन सकिने छ ।
– परिक्षाको किसिम: प्रस्तुतीकरण तथा अन्तवार्ता (विद्यमान परिस्थिती अनुसार भर्चुअल मिटिङ्गबाट पनि परिक्षा लिन सकिनेछ ।
– आवेदन दिने अन्तिम मिति : २०७७/०६/२६ गते अपरान्ह ४ः०० बजे भित्र ।
तोकिएको मिति र समयभित्र पर्न आएको आवेदकहरुको लघुसूची (Short List) तयार पारिनेछ, साथै लघुसूची परेका आवेदकहरुलाई मात्र छलफल/प्रस्तुतीकरण वा अन्र्तवार्तामा सहभागिताको लागि सम्पर्क गरिनेछ ।
नोटः यस पदको लागि कार्यशर्तहरु संस्थाको वेभसाइटबाट हेर्न र डाउनलोड गर्र्न सकिनेछ ।
कार्यशर्त (TOR) डाउनलाेड गनुहाेस ः
Job Description of Community Health Facilitator / Officer in Sahakarya Nepal |
आवेदन दिने ठेगाना :
सहकार्य नेपाल, सिन्धुली
कमलामाइ नगरपालिका वडा नं.– ६, राममाडी
इमेलः sahakarya2061@gmail.com,
Website: sahakaryasindhuli.org.np
Contact: 047520863/521188